बैतडी – मृत्यु भएका क्वारेन्टाइनका भान्सेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने भान्सेका रुपमा रहेका दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मृतक मोहनसिंह पेलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
धनगढी प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा पेलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए । पेलाको शनिवार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउदैं गर्दा बाटोमा मृत्यु भएको थियो । मृतक पेलाको घरपरिवारले आइतबार उनको दाहसंस्कार गरिसकेका छन् ।
पेलाले २ महिनादेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भान्सेको काम गरेका थिए ।