महेन्द्रनगर – महाकाली अस्पतालबाट चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबार अस्पतालले १४ सम्म आईशोलेसन बसेका चार जनालाई डिस्चार्ज गरेको हो । उनिहरुलाई कोरोना परिक्षण नगरिकनै अस्पतालबाट डिस्चार्ज गरिएको हो । ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका संक्रमितहरुलाई डिस्चार्ज गरेको हो ।
अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.हरिकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयको सोही निर्देशिकालाई टेक्दै १४ दिन अस्पतालको आइसोलेसनमा बसिसकेका तर कुनै लक्षण नदेखिएका ४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
अस्पतालले आइतवार काठमाडौँ कागेश्वरी नगरपालिकाका २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एकरएक जनालाई १४ दिन कटेको र लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो ।