अत्तरिया - कैलालीको अत्तरियामा रहेका २ फार्मेसीमा सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसीमा सिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले संचालन गरेको फार्मेसीमा सिल गरिएको बताए ।
टोलीले कैलालीका आठवटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नवीकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए ।