अत्तरिया -गोदावरी नगरपालिकाले दादुरा बिरुद्धको खोप अभियान शुरु गरेको छ ।
गोदावरी -३ का चार जनामा दादुरा देखिएपछि वडा नम्बर १,२,३ र १० मा खोप अभियान शुरु गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नबराज अबस्थीले जानकारी दिए ।
उनका अनुसार ६ महिना देखी १५ बर्ष उमेर समुहका सबै बालबालिकालाई खोप लगाइने छ ।
अबस्थीले दादुरा उन्मुल भइसकेपछि पुन: दादुरा देखिएकाले सबैलाई साबधानी अपनाउन आग्रह गरे ।
अहिलेको दादुरा तिब्र गतीमा फैलिन सक्ने सम्भाबना रहेको उनले बताए ।
कैलालीको धनगढी, गोदावरी र गौरीगंगामा दादुराका बिरामी देखिएका छन् ।