अत्तरीया- सुदूरपश्चिममा ९ वटा डायलाइसिस मेशिन वितरण गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा अस्पताललाई १३३ सेट डायलाइसिस मेशिन वितरण गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरुमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरुमा मेशिन वितरण गरिएको बताएको छ ।
व्यवस्थापन महाशाखाका अनुसार सुदूरपश्चिमको कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई ४ सेट र डडेल्धुरा अस्पताल, डडेल्धुरालाई ५ सेट डायलाइसिस मेशिन वितरण गरिएको छ ।
मन्त्रालयले बिरामीको समस्यालाई पहिचान गर्दै धेरै बिरामीले सहज रुपमा सेवा लिन सकून भनेर डायलाइसिस मेशिन थप गरेको बताएको छ ।