Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
स्वास्थय
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीको टीकापुरका आमालाई जाउलो बनाउन सिकाइँदै
कैलालीको टीकापुरका आमालाई जाउलो बनाउन सिकाइँदै
64x64
सोमबार, माघ १०, २०७८ गोदावरी न्युज
कैलालीको टीकापुरका आमालाई जाउलो बनाउन सिकाइँदै

टीकापुर - चौध महिनाको बच्चाकी आमा रीता चौधरीलाई यसअघि बच्चा स्याहार गरिरहे पनि ‘धेरै कुरा सिकेको रहेनछु’ भन्ने लागिरहेको छ। कैलालीको टीकापुर ४ की उनीलाई आइतबार वडा नं ४ मा भएको गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले जाउलो पकाउन सिकाएँ।

BCM mOTORS

जाउलो पकाउने तरिका सिकेपछि उनीलाई लाग्यो आफूले त पोषणयुक्त खानेकुरा मिसाएर खुवाउन जानेकै रहेनछु। “विगतमा मैले बच्चालाई खुवाउने तरिका र अहिले जाउलो पकाउन सिक्दा धेरै फरक रहेछ”, उनले भनिन्, “जाउलोमा जे घरमा छ त्यही खानेकुरा हाले पकाएर खुवाउँथे। बच्चाको खानपान तथा स्वास्थ्यमा लापरवाही गर्न हुने रहेनछ। बच्चालाई आवश्यक पोषणयुक्त खाना मिसाउन जरुरी छ भन्ने सिकेँ।” त्यस्तै, १३ महिनाको बच्चाकी आमा प्रिया चौधरीले छ महिनासम्म आफ्ना दूधमात्रै खुवाउनुभएको थियो।

छ महिनापछि अन्य खानेकुरासमेत खुवाउन थालेकी उहाँले बच्चा स्याहारबारे थप ज्ञान सिकेकी छिन्। “पहिला म दाल, चामल र साग मिसाएर जाउलो पकाउँथे, नरम खाना भए पुग्छजस्तो लाग्थ्यो”, उनले भनिन्, “यहाँ आएपछि थाहा पाए, कम्तीमा चार प्रकारका खाना मिसाएर बच्चालाई खुवाउनुपर्ने रहेछ, जाउलोमा चामल, विभिन्न थरिका मिसाइएका दाल, सागपात, अण्डा मिसाएर पकाउनुपर्छ। जुन खाना बच्चालाई पोषिलो हुन्छ।”

टीकापुर नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाले हरेक वडामा रहेका गाउँघर क्लिनिकमा जाउलो पकाउन सिकाएपछि हजार दिनका आमा बच्चा कसरी स्याहार्ने भन्नेमा थप सचेत भएको बताउँछन्। “मेरो पहिलो बच्चालाई मैले राम्ररी स्याहार गरिन भनेर पछुतो लाग्छ, अहिले दोस्रो बच्चा आठ महिनाको छ, अहिले राम्ररी स्याहार्न सिकेकी छु”, टीकापुर ५ की सन्ध्या विकले भनिन्, “बच्चाको पोषणमा दुई वर्षभित्रै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकाइ भएको छ।

पहिलो बच्चा राम्ररी नस्याहारेका कारण कमजोर छ बिरामी भइरहन्छ। अब दोस्रो बच्चा राम्ररी स्याहार्न थालेकी छु।”नगरपालिकाले बच्चाको पोषण सुधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको छ। नगरपालिकामा सङ्घीय सरकारमार्फत बहुक्षेत्रीय पोषण योजनाका आंशिक कार्यक्रम सञ्चालनमा छन्। त्यसबाहेक पनि नगरपालिकाले आफ्नै स्रोतबाट पनि कुपोषण न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्ने, खानपानमा बानी सुधार गर्ने, पोषिलो खाना दिनेलगायतका विभिन्न कार्यक्रम गर्ने गरेको छ। 

हरेक महिना हुने गाउँघर क्लिनिकमा हजार दिनका आमालाई बच्चालाई खुवाउने जाउलो पकाउन सिकाइन्छ। स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघर क्लिनिकमा हजार दिनका आमाहरुलाई जाउलो पकाउन सिकाउने गर्दछन्। गाउँघर क्लिनिकमा जाउलो पकाउने, जाउलो पकाउँदा आवश्यक पर्ने सामान र खाने तरिकाबारे हजार दिनका आमालाई सिकाउने गरिएको महिला स्वास्थ्य स्वयंसेविका कमला चौधरीले बताइन्। 

बच्चालाई जन्मेदेखि छ महिनासम्म आमाको दूधमात्रै चुसाउनुपर्छ। बच्चा छ महिना पूरा भएपछि आमाको दूधसँगै जाउलोलगायतका नरम खानेकुरा खु्वाउनुपर्छ। बच्चाको पोषणमा आमालाई जिम्मेवार बनाउन जाउलो पकाउन सिकाउने गरिएको सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्। “नगरपालिका २२ ठाउँमा यसरी हजार दिनका आमाहरुलाई हरेक महिना जाउलो पकाउन सिकाउने गरिएको छ”,  सिनियर अनमी ज्ञवाली भन्छिन्, “जाउलो पकाउनका लागि आवश्यक सामान नगरपालिकाले दिने गरेको छ।”

उनका अनुसार नगरपालिकाले घरमा पनि यसैगरी पोषिलो खानेकुरा प्रयोग गरेर पकाएको खानेकुरा बच्चालाई खुवाउन आमाहरुलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम गर्ने गरेको हो। नगरपालिकाले यसका साथै गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मीको उपस्थितिमा महिला र बालबालिकाका स्वास्थ्य समस्याबारे नियमित छलफल गर्ने गरेको छ। छलफलमा आएका समस्यालाई तत्काल सम्बोधनको व्यवस्था रहेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए।

“हामीले पोषणलाई महत्व दिएर काम गरिरहेका छौँ, हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर बनाइएको छ। यसले कस्तो खाना खानुपर्छ भन्ने सन्देश दिन्छ”, उनी भन्छिन्, “यसका साथै विविध कार्यक्रम गर्छौं, पोषणयुक्त खानेकुराबारे गर्भवती तथा हजार दिनका आमालाई सिकाउने, परिवारका सदस्यलाई सिकाउने र सुत्केरीलाई पोषण कोसेली वितरण गर्नेलगायतका कार्य गरिरहेका छौँ।”रासस


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८, १३:३२:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलालीको चुरे गाउँपालिमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा
कैलालीको चुरे गाउँपालिमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा
धनगढीको नवजीवन हस्पिटलमा निःशुल्क मृगौला जाँच
धनगढीको नवजीवन हस्पिटलमा निःशुल्क मृगौला जाँच
बाजुरको एक मेडिकलमा अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण
बाजुरको एक मेडिकलमा अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ताजा समाचार
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी शुक्रबार, साउन २७, २०७९
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ बिहिबार, साउन २६, २०७९
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट बिहिबार, साउन २६, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP