काठमाडौं- दुई दिनदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको छ।
वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुको समस्या भएकाहरु बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ।
यस्तै, मौसम यस्तै भइरहेमा प्रदूषणको अवस्था अझै खराब हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।