Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०९:२३:४१
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
कला /साहित्य
  • Home
  • News
  • प्रगतिशील लेखक संघ को आयोजनामा बृहत कविता कार्यक्रम
प्रगतिशील लेखक संघ को आयोजनामा बृहत कविता कार्यक्रम
64x64
शनिवार, आश्विन ३, २०७७ गोदावरी न्युज

धनगढी-प्रगतिशील लेखक संघ, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा कविता साहित्यको कार्यक्रम सम्पन्न भएको छ । “नेपाली कविता – विमर्श तथा वाचन” शिर्षकमा सञ्चालित कार्यक्रममा कविताका वारेमा विचार विमर्श गरिनुका साथै कविता वाचन गरिएको हो ।

दुई सत्रमा चलेको कार्यक्रम अन्तर्गत पहिलो सत्रमा सुदुरपश्चिमका पन्ध्र कविका कविता वाचन र नेपाली कविताको विशेष विमर्श गरिएको थियो । जसमा सुदूरपश्चिमका सबै जिल्लाका प्रतिनिधि कविहरु जगदिश ओझा, युगीन विवेक, कविराज भट्ट, लछिराम आचार्य, रमेश पन्त मीतबन्धु, गंगा प्रसाद रिजाल, रियल एनालाइसिस, झलक पाली, पदम बडाल, चन्द्रकला पन्त, योगराज आचार्य, बाबुराम आचार्य, मीन बाब्ली मिलन, खनाल मेघनाथ र लक्ष्मी पौडेलले कविता वाचन गरेका थिए ।

नेपाली कविता विशेष विमर्शमा नेपाली प्रगतिवादि साहित्यका अभियन्ता कवि मातृका पोखरेल र वर्तामान नेपाली कविताका लोकपृय कवि केशव सिलवालले मन्तव्य राखेका थिए । कवि सिलवालले नेपाली कविताका समकालिन स्वरहरु विषयमा र कवि समालोचक पोखरेलले गणतन्त्र कविता आन्दोलनको इतिहास विषयमा समालोचकिय मन्तव्य राखेका थिए ।

प्रलेस केन्द्रिय कमिटी सल्लाहकार डा. पुष्करराज भट्टले विशेष प्रस्तुतीमा रहेका पन्ध्र कविता माथि समिक्षा गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा केही सर्जकहरुले विभिन्न सिर्जन वाचन गर्नुका साथै आमन्त्रित अतिथिहरुले विचार मन्तव्य राखेका थिए । शहिदहरु र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेटको मौन धारण गरी सुरु भएको औपचारिक कार्यक्रम करिब तीन घण्टा चलेको थियो ।

प्रगतिशील लेखक संघ नेपालका पूर्व अध्यक्ष मात्रिका पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा प्रलेस केन्द्रिय कमिटीका महासचिव समिर सिंह विशिक्ष्ट अतिथि रहेका थिए । सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जनक रसिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केशवनाथ योगीले गरेका थिए ।

अनलाइन जुम मार्फत सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्रका कुल ६६ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । सुदूरपश्चिममा यति धेरैको संख्यामा सहभागी भएर अनलाइनमा सञ्चालन भएको यो पहिलो कार्यक्रम भएको अध्यक्ष जनक रसिकले बताए । आगामी दिनमा अझै आकर्षक र अझै प्रभावकारी कार्यक्रमको आयोजना गर्ने योजना पनि सँस्थाले बनाएको उनले जानकारी दिए ।


प्रकाशित मिति: शनिवार, आश्विन ३, २०७७, ०६:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित)
चर्चित लोकपप गायक चेतन बोहराको दशै बिषेश मार्मिक गित 'फुलको माला' सार्बजनिक (भिडियो सहित)
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 73
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #कोरोना त्रास
  • #किसानका पिडा
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago