काठमाडौं-बक्स अफिसमा सुपरहिट फिल्म ‘छक्कापञ्जा २’ पुन: एकपटक सार्वजनिक प्रदर्शनमा आउने भएको छ। नयाँ वर्षको छेको पार्दै वैसाख दोस्रो साता रिलिज हुन लागेको हो। फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्।
गिरीले लेखेका छन्: ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा वैसाख १३ गते पुन : प्रदर्शन हुँदैछ।‘ उनले विदेशमा रहेका नेपाली दर्शकका लागि पनि सोही महिना फिल्म देखाउने तयारी भएको उल्लेख गरेका छन्। उनले इन्टर्नेट रिलिजको संकेत गरेका हुन्।
फिल्मको युट्युब रिलिजका लागि धेरैले उनी लगायत फिल्म युनिटलाई आग्रह गर्दै आएका थिए।