बैतडी - जिल्लामा महाशिवरात्रीको अवसरमा देउडा प्रतियोगिता हुने भएको छ। जिल्लाकोे मेलौली नगरपालिका–२ गेरडा शिवधाममा देउडा प्रतियोगिता हुने गेरडा शिवधाम व्यवस्थापन समितिले जनाएको छ । यही फागुन ५ गतेका दिन गेरडा शिवधामको प्रांगणमा देउडा प्रतियोगिता हुने छ ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरुले भगवान शिवको महिमाको वर्णन हुने गरी देउडा गाउनुपर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ हजार, द्वितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई ५÷५ सयका दरले पुरस्कार प्रदान गरिने समितिका सदस्य विवेकानन्द पाण्डेयले बताए।
देउडा प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फागुन ५ गते बिहान १० बजेभित्र नामदर्ता गरिसक्नुपर्ने समितिका सदस्य पाण्डेयले बताए।
साथै , फागुन ६ गते महाशिवरात्रीको अवसरमा शिवाधाम रुद्राभिषेक सहित पूजाआजा हुने समितिले जनाएको छ ।