काठमाडौं - यो वर्षको मिस नेपाल काठमाडौंकी २४ वर्षीया प्रियंका रानी जोशी बनेकी छन् ।
शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जितेकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याइन् ।
यस्तै , सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बनेकी छन् । यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिश्पर्धाका लागि सहभागी थिए ।
‘मिस नेपाल पेजेन्ट’मा देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा मुख्य सहरहरु काठमाडौं लगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा प्रतिस्पर्धाका लागि अडिसन लिइएको थियो ।