काठमाडौं - नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।
नायक केसीले भने , “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”
उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।कांग्रेस प्रवेश गरेका अभिनेता केसी यसअघि एमालेमा प्रवेश गरेका थिए। एमालेबाट काठमाडौं १ बाट सिफारिस भएपनि विरोधका कारण टिकट पाएका थिएनन्।