तेजु ओली /डोटी – डोटीमा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन ।
बर्खे मकै किराले सखाप पार्न थालेको डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ८ चन्दभान साउँदले बताए । उनले वर्खे मकैमा लागेको फौजी किराले विगाह भन्दा वढीको बर्खे मकै नष्ट पारेको बताए । प्रमुख खाध्यबालीको रुपमा रहेको मकै रातारात किराले नष्ट गर्न लागेपछि स्थानीय किसान चिन्तित बनेका छन् । विगाहा जमिनमा लगाएको बर्खेमकै अमेरिकन फौजी किराले सखाप पारेको स्थानीय गणेश साउँद बताए ।
उनले भने ‘पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ता भन्दा पनि मकैको बोटमा लागेको फौजिकिराले बारी नै सखाप पार्दा लागत नै नउठ्ने पो हो कि भन्ने चिन्ता लागको छ ।’
दिपायल सिलगढी नगरपालिका कृषि साखा प्रमुख हिक्मत साउँदले भने जिल्लामा यो किरा फैलिएको बारेमा आफूलाई जनकारी नभएको बताए । उनले यसबारे आफूले बुझ्ने बताए । उनले भने ‘यस बारेमा जानकारी नभएकाले फौजि किरा हो कि होईन, अन्य किरा पनि हुन सक्छ । अहिले नै एकिन गरेर भन्न नसकिने बताए ।’
भौगोलीक बिकटताका कारण किसानहरु भने आवश्यक विषादी पनि नपाईदा हुर्किने बेलाको बाली नष्ट हुँदा पनि टुलुटुलु हेरेर बस्न बाध्य छन ।