Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ ०९:५८:३८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
कृषि
  • Home
  • News
  • सरकारद्धारा पहिलो पटक दार्चुलाको छाङरु र तिंकरमा खाद्यान्न पुर्‍याइँदै
सरकारद्धारा पहिलो पटक दार्चुलाको छाङरु र तिंकरमा खाद्यान्न पुर्‍याइँदै
64x64
शुक्रवार, असार १२, २०७७ गोदावरी न्युज

दार्चुला – सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ का छाङ्रु र तिंकरमा खाद्यान्न पु¥याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टर मार्फत खाद्यान्न पु¥याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ ।

यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पु¥याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । उनका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पु¥याइने छ ।

सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो। बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पु¥याउन लागेको खनालले बताए ।

‘‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए’’, उनले भने, ‘‘ तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पु¥याउन थालेका हौँ ।”

उनका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पु¥याउने छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पु¥याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनाल सहितको टोली सुर्खेत गएको छ ।

कम्पनीले बोलपत्र मार्फत पु¥याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पु¥याउँदै आएको थियो । खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पु¥याई सर्वसाधारणलाई वितरण गरिने बताए । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पु¥याइने बताए ।

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताए । उनका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सयसय क्विन्टल वितरण गरिने छ । ६ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।

गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पु¥याइएको बताए ।‘‘ घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो’’, उनले भने, ‘‘ त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ। त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।’’

उनका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रीम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उनले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताए ।

फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरु मङ्सिरदेखि वैशाख सम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेका बेला उनीहरु असारदेखि कात्तिक सम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गई व्यापार गर्छन् ।

त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ । उनीहरु भारत र चीनमा गरिने व्पापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीनचार सय मात्र मानिस छन् । अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन(तिब्बत) जाने गरेका छन् । रासस


प्रकाशित मिति: शुक्रवार, असार १२, २०७७, १२:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
कृषकले काउलीको बजारमा मूल्य पाएनन्
दार्चुलामा तरकारी उत्पादन बढ्दो
स्वदेशमै तरकारी खेतीमा रमाउँदै कञ्चनपुरका युवा
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago