Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
64x64
सोमबार, असार १३, २०७९ गोदावरी न्युज
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी

कैलाली - जिल्लाको  जानकी गाउँपालिका ४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका छन् ।

BCM mOTORS

शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन,” उनले भने, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी प¥यो भने धान रोप्न सहज हुनेछ ।”
  
गत वर्ष यस समयमा धान रोपाइँ सक्नुभएका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गर्नुभएको छैन । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त हुनुभएका उहाँ बल्ल खेतको काममा निस्किएका छन् । “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला,” उनले भने, “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”
 
टीकापुर–४ का हरि चौधरीले खेत जोतेर छोडेको महिना पुग्यो । धानको बीउले महिना दिनभन्दा बढी काट्यो तर, चौधरीले वर्षा नहुँदा धान रोपाइँ गर्न अझै सक्नुभएको छैन । बोरिङको पानीले खेत रोप्ने तयारी गर्नुभएका उहाँले खडेरीका कारण बोरिङको पानीले पार नलागेपछि अलि कति रोपेको धानबीचमै छोड्नुपरेको थियो । “गत वर्षजस्तै चाँडै रोपाइँ सक्ने गरी धानको बीउ राखेको थिए । पानी नआउँदा करिब एक महिना नै ढिलो भयो,” उनले भने, “कामदार पायो भने एक हप्तामा खेत रोपेर सक्ने लक्ष्य छ । कामदार पाइएन भने दुई हप्ताभन्दा बढी लाग्छ ।”
  
कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर  ८ का धनसिंह साउँदले जानकारी दिए । 

उनले यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको बताउँदै आकाशे पानी पनि नआउनु र सिँचाइ कुलामा पनि पानी समयमै नआउनुले धान रोपाइँमा ढिलाइ भएको बताए ।
  
“मैले गत वर्ष यो समयमा १५ बिगाहाभन्दा बढी रोपाइँ गरिसकेको थिए । यो वर्ष एक बिगाहा पनि रोपाइँ भएको छैन,” उनले भने, “अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ ।” 

किसान साउँदले २८ बिगाहा क्षेत्रफलमा धान रोपाइँको तयारी गरे । जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लागेका साउँदले १० बिगाहाभन्दा बढी क्षेत्रफलमा बिज वृद्धिका लागि धान रोपाइँ गर्छन् ।
    
वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको  किसान अमर कठरिया बताउछन् । उनले बोरिङमार्फत दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गरेका थिए ।

पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताए । “सिँचाइ कुलामा पानी छैन । बोरिङको पानीले सिँचाइ गरेर साध्य छैन । आकाशे पानी आउँदैन,” उनले भने, “किसान निकै आत्तिएको अवस्था थियो । अब केही हदसम्म किसानले राहत महसुस गर्न थालेका छन् ।”
  
सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ । मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरी बताउछन्। “सरकारले मल ल्याउन सकेन ।

केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले,” उनले भने, “अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ । किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।” रासस 


प्रकाशित मिति: सोमबार, असार १३, २०७९, ०८:१४:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
डोटीका किसानलाई कोदो रोप्ने चटारो
डोटीका किसानलाई कोदो रोप्ने चटारो
कञ्चनपुरमा मल अभाव, गुणस्तरहीन भारतीय युरिया मल खेतमा हाल्नुपर्ने  किसानलाई बाध्यता
कञ्चनपुरमा मल अभाव, गुणस्तरहीन भारतीय युरिया मल खेतमा हाल्नुपर्ने किसानलाई बाध्यता
कैलालीका पशुमा बाँझोपनको समस्या
कैलालीका पशुमा बाँझोपनको समस्या
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP