Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीको टीकापुरका किसान भन्छन् : न मल पाइएको छ, न सिँचाइ सुविधा छ
कैलालीको टीकापुरका किसान भन्छन् : न मल पाइएको छ, न सिँचाइ सुविधा छ
64x64
सोमबार, असार ६, २०७९ गोदावरी न्युज
कैलालीको टीकापुरका किसान भन्छन् :  न मल पाइएको छ, न सिँचाइ सुविधा छ
satkar dohari

टीकापुर - विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो।

BCM mOTORS

अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उनले भर्खरै फेरि बीउ छर्नुभएको छ । विगतमा जेठ मध्यतिर खेत रोप्ने उनले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत राम्ररी उमार्न सक्नुभएको छैन । “मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उनले भने, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ ?”

अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गर्नुभयो । कुलामा पानी आउने आशा राखेर उनले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गर्नुभएको थियो तर अहिले उनको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उनले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु ग¥यौँ तर पानी अभावमा गर्न सकिएन”, उनले भने, “बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।”

टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा हुनुहुन्छ । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उनले अहिलेसम्म रोपाइँको सुरसार गर्नसक्नु भएको छैन । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । “किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उनले भने, “यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।”

वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहुँदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरी कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताए । “सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ”, मानबहादुरले भने, “बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।”

जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् ।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताए । “किसानले विगतलाई हेरेर बीउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको छ”, उनले भने , “ कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।”रासस


प्रकाशित मिति: सोमबार, असार ६, २०७९, ११:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
२७ अर्बको चामल र १५ अर्बको धान आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP