Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य आकासियो
उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य आकासियो
64x64
सोमबार, वैशाख ५, २०७९ गोदावरी न्युज
उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य आकासियो
फाईल तस्बीर !
satkar dohari

कञ्चनपुर - जिल्लामा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ। मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो।

BCM mOTORS

कञ्चनपुर मण्डी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताए।उनले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताए। “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो।” उनले भने, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो।” 

त्यसैगरी गड्डाचौकी हुँदै आयात गरिने तरकारी कैलालीको अत्तरीयास्थित मण्डीमा रहेको प्रयोगशालामा स्याम्पल जाँच हुने गरेको भट्टको भनाइ छ। “गड्डाचौकी भन्सार पुगेको तरकारी स्याम्पल जाँचपछि मात्रै भित्र्याइन्छ।” उनले भने, “अहिले क्यारेन्टाइन हुँदा उपभोक्ताले गुणस्तरीय तरकारी उपभोग गर्न पाएका छन्।”

यता भीमदत्त नगरपालिका १९ बागफाटामा अढाइ बिघा खेतमा तरकारी खेती गर्दै आएको ख्यालीराम बर्माले यस वर्ष करिब १५ कट्ठामा लगाएको टमाटर पूर्णरुपले क्षति भएको बताए। “कात्तिकमा टमाटर खेती गरेँ तर बर्सात र अत्यधिक चिसोका कारण सबै बोटहरु काम नलाग्ने भए ।” उनले भने, “अहिले लगाएको तरकारी दुई हप्तापछि बजारमा आउँछ।” विगत १३ बर्षदेखि यहाँ तरकारी खेती गर्दै आएका बर्माले टमाटर र कागतीको मूल्य धेरै आकासिएको बताए।

मण्डीमा अहिले लौकी, फर्सीको मूल्य घटे पनि अरु तरकारीको भने महँगो नै रहेको व्यापारीको भनाइ छ। महेन्द्रनगरस्थित मण्डीका तरकारी व्यापारी अनिलप्रसाद चौधरीले कागतीको मूल्य बढेको बताए। “पहिले कागती पिसको रु पाँचदेखि बढीमा १० सम्म बिक्री गर्यौँ।” उनले भने, “प्रतिकिलो ५०० पुगेपछि  पिसकै २० सम्म बिक्री गर्नुपर्ने बाध्यता आयो।” उनले बजारमा स्थानीय उत्पादन कम आइरहेको भए पनि तरकारीको अभाव भने नरहेको बताए।

यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्राविधिक सहायक जनक सिंहले नयाँ तरकारी बजारमा आउन बाँकी र पुरानो उत्पादन सकिने बेला भएकाले बजारमा तरकारीमा कमी देखिएको बताए। “लहरे तरकारी उत्पादन भइसकेको अवस्था छैन।” उनले भने, “हरियो तरकारी त यो बेलामा पाउन समस्या नै भएको छ।” उनले केही दिनभित्रै तरकारी उपलब्धतामा सहजता आउने बताउँदै जिल्लाका ग्रामीण भेगसम्म व्यावसायिकरुपमा तरकारी खेती गर्नेको सङ्ख्या बढिरहेको जानकारी दिए। रासस 


प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९, ०८:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
२७ अर्बको चामल र १५ अर्बको धान आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP