बाजुरा -जिल्लाका विभिन्न स्थानीय तहमा कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । बर्शेनी कृषहरुका स्याउ बाजर नपाएर बारी मै कुहीन थाले पछी जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले कृषकहरुले फलाएका खेतवारी बाटै स्याउ ढुवानी गर्ने भएको छ ।कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बाजुराको हिमाली,स्वामिर्कातिक जगन्नाथ,गाउँपालीका र बुढीनन्दा नगरपालिका, विभिन्न ठाउँमा यस वर्ष विगतका भन्दा दोब्बर स्याउ फलेको बताए ।
स्याउको उत्पादन वर्षेनी बढेपनि स्याउ विक्रिका लागि उचित बजार नहुँदा वर्षेनी कृषकहरुले लगाएका स्याउहरु बोटमै कुहिन थालेपछि कृषकहरु स्याउ खेतीबाट समस्यामा पर्दै गएका थिए । यो वर्ष देखि कृषकलाई स्याउ खेतीमा हौसला र उत्प्रेरत्ति गर्नुका साथै बाजुराको स्याउको प्रर्वन गर्नाको लागी कृषि ज्ञान केन्द्रले बाजुराले कृषकले फलाएका खेतबारी बाटै स्याउ ढुवानी भएको कृषि प्रसार अधिकृत जैशीले बताए ।
उलने भने - 'कृषकहरु स्याउ विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्न सकिने र स्याउ उत्पादन हुने क्षेत्रका सबै कृषकहरु स्याउ खेती तर्फलाग्नु भने उदेश्यका साथ यस्तो कार्याक्रमको आयोजना गरिएको हो।' कृषि प्रसार अधिकृत जैशीले यो वर्ष देखि 'मेरो नगरपालीका म आफै बनाउन्छु', 'एक घर एक करेसा बारी','एक स्थानीय तह एक कागतीको बाटो' सबै स्थानीय तहमा नासपातीको बाटो कलमी जस्ता कृषकमुखी कार्यक्रम अवधारणा ल्याएको बताए । कृषहरुलाई पेन्सेन भत्ता गोठेमल सुधार जस्ता कार्याक्रमहरु सञ्चालनमा ल्याएको जैशीले बताए ।
बाजुराको कुन प्रजातीको स्याउ फल छ ?
बाजुरामा दुइ जातको स्याउ फल्ने गरेको छ । रातो स्याउ र पहेलो स्याउ यो दुवै प्रकारको स्याउ अग्रेनिक रहेको छ जसमा कुनै पनि विषाधी मलको प्रयोग भएको छैन । बाजुरा जिल्लामा किसानहरुले २.३० हेक्टर जमिनमा खेती गर्दै आएका छन् ।
१ हजार ५० मेट्रिकटन स्याउ उदपादन भएको छ । बाजुरामा उत्पादन भएको स्याउ बजार नपाएर बोटमै कुहिने समस्या टर्नुका साथै बाजुरा स्याउ खेतीको पहिचानका गर्न र बाजुरामा उत्पादन भएको स्याउ अन्य जिल्लामा पठाउने उदेश्यका साथ कृषकको स्याउ कृषककै खेतबाट ढुवानी गर्ने कार्यक्रम ल्याएको जैशीले बताए ।
स्याउ ढुवानी कर्ताले ६ सय कुईन्टल स्याउहरु ढुवानी गर्नुपर्ने छ । जस अन्तरगत स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारी देखि पिलुचौरसम्म ४ सय कुईन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारी देखि पिलुचौर सम्म १ सय ३० कुईन्टल प्रतिकेजि १८ रुपैयाँ ५० पैशा ढुवानी अनुदान दिने भएको छ ।
त्यस्तै बुढीनन्दा नगरपालिकाको कोल्टीबजार देखि सदरमुकाम मार्तडीसम्म २० कुईन्टल प्रतिकेजी १८ रुपैयाँ ९० र बुढीनन्दा नगरपालिकाकै पाण्डुसेन हिमाली स्कुल देखि मार्तडीसम्म ५० कुईन्टल प्रतिकेजी १३ रुपैयाँ ५ पैशामा ढुवानी गर्न सूचना आह्वान गरेको छ ।