Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
पर्यटन
  • गृहपृष्ठ
  • समाचार
  • बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा
बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा
64x64
बिहिबार, माघ २०, २०७८ गोदावरी न्युज
बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा

बाजुरा - जिल्लाको बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ।

BCM mOTORS

नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत  विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ। उनले नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा निर्माण गरिएको सो गुरुयोजनामा दीर्घकालीन पर्यटन विकास योजना समेटिएको जानकारी दिए।

जिल्लाका नौवटा स्थानीय तहमध्ये पर्यटन गुरुयोजना बनाउने बडीमालिका पहिलो पालिका हो। पालिकाभित्रका नौवटै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र, स्थानीय रैथानले बाली उत्पादनको पकेट क्षेत्रसहितको विवरण उल्लेख हुने गरी योजना निर्माण गरिएको नगर उपप्रमुख कविता विष्टले बताए। उनले नगरपालिकाको लागि बनाइएको गुरुयोजना प्रारम्भिक विवरणसहित २०० पृष्ठ लामो गुरुयोजनाको सरोकारवाला बीचको छलफल तथा सुझाव सङ्कलन गरिएको बताए।

नगरभित्रका पर्यटन, धार्मिक र सांस्कृतिक तथा रैथाने बालीको अध्ययन गरी तयार पारिएको गुरुयोजनालाई अन्तिम रूप दिन पर्यटन क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरुसँग सुझाव सङ्कलन लिने कार्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सिङ्गो नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्याङ्कसहितको विवरण गुरुयोजनामा समेटिएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले नगरको आर्थिक विकास र समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गरिएको बताए। बडीमालिका, कालाजाग्रा, दुनालेख, त्रिवेणी पाटन, वीरे झरना पोरखे क्षेत्रसहितका प्रमुख गन्तव्यलाई गुरुयोजनामा विशेष स्थान दिइएको पाइएको छ। योजनामा  केलबकारदेखि पैदलयात्रा, सडक बाटोबाट विमानस्थलका विषयलाई समेत समेटिएको छ। छिमेकी स्थानीय तहसँगको सहकार्यमा नै थप परिमार्जन र एकीकृत योजना निर्माण गरेर अघि बढ्न सके योजनाले दीर्घकालीन महत्व राख्ने गुरुयोजना निर्माण समितिका संयोजक एवं पर्यटनविज्ञ डा. प्रनिलकुमार उपाध्यायले बताए।गुरुयोजनामा धार्मिक आस्थादेखि, धरोहर, स्थानीयवासीको पेशा व्यवसायदेखि उत्पादन र नगरभित्रका होटल व्यवसायदेखि व्यापारको प्रकृतिको विषयलाई समेत समावेश गरिएको छ।

एक महिना लामो अध्ययन र स्थलगत अवलोकन तथा स्थानीयवासीसँगको बृहत् छलफलपछि योजनाको मस्यौदा तयार पारिएको नगरपालिकाले जनाएको छ। स्थानीय मौलिक संस्कृति, भाषा एव्म वेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने बताउँदै संयोजक उपाध्यायले स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्ने नीति अङ्गिकार गरिएको उल्लेख गरे। गुरुयोजनामा नगरस्तरीय पर्यटन विकास समितिसहितको परिकल्पना गरिएको छ। रासस 


प्रकाशित मिति: बिहिबार, माघ २०, २०७८, १५:५३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शुक्लाफाँटामा पर्यटकको सङ्ख्यामा अधिक वृद्धि
शुक्लाफाँटामा पर्यटकको सङ्ख्यामा अधिक वृद्धि
गोदावरी -४ मा पर्यटकको मनै लोभ्याउने ग्रिन एण्ड स्टोन पार्क निर्माण हुँदै
गोदावरी -४ मा पर्यटकको मनै लोभ्याउने ग्रिन एण्ड स्टोन पार्क निर्माण हुँदै
डोटीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थाल्यो
डोटीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थाल्यो
कैलालीका पर्यटकीय स्थल गोदावरीमा आन्तरिक पर्यटकको घुइँचो
कैलालीका पर्यटकीय स्थल गोदावरीमा आन्तरिक पर्यटकको घुइँचो
ताजा समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा बुधबार, भदौ १, २०७९
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP