बाजुरा - धनगढीबाट साइकलमा निस्किएको टोली बाजुराको बडिमालिकाको पुगेको छ । बडिमालिका साईकल सहित पुग्ने टोली यो पहिलो हो । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाईमा बडिमालिका रहेको छ । उक्त साईकल टोलीले बडिमालिकाको दर्शन समेत गरेर फर्किएको छ ।
साईकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणिय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।