कञ्चनपुर - जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको पर्यटकीय क्षेत्र शोभा तालको घेरपर्खाल र आधुनिक शौचालय भवन निर्माण कार्य शुरु गरिएको छ ।
सोमबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शिलान्यास गरेका बेलौरी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कृपाराम चौधरीले जानकारी दिए । उनका अनुसार, शोभा तालमा पर्याटकीय गतिविधि बढाउन र आवश्यक व्यवस्थापन गर्न उक्त कार्य थालिएको हो । योसँगै उक्त क्षेत्रमा प्रवेशद्वार, टिकट काउन्टर र ५०० मिटर वरिपरी इन्टरनल ब्लक विच्छ्याउने काम समेत सञ्चालनको योजना रहेको छ ।
उक्त संरचनाहरु पुर्व खानेपानी मन्त्री बिना मगर र बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको विशेष पहलमा शहरी विकास मन्त्रालयको बजेटबाट निर्माण हुन लागेको नगर प्रमुखका स्वकीय सचिव जय बहादुर कुँवरले जानकारी दिए ।