Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०४:२८:०१
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
पर्यटन
  • Home
  • News
  • कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा
कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा
64x64
मगलवार, मंसिर २३, २०७७ गोदावरी न्युज

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ ।

आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।

धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको यो ताल क्षेत्रसम्म पुग्ने सडकसमेत निर्माण नगरिँदा यस क्षेत्रले चर्चा पाउन सकेको छैन । सडक यातायात र प्रचारप्रसारको अभावमा आन्तरिक थोरै मात्र पर्यटक यस क्षेत्रसम्म पुग्दै आएका छन् । करिब ७०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ भएको सुनदेवी तालमा रहको पानी हावाको वहाबसँगै निलो र पहेँलो रङगको देखिने गरेको छ ।

तालमा रहेको पानी सुन जस्तै एकनासको पहेलो देखिने गरेकाले यस तालको नाम सुनदेवी रहन गएको बताइएको छ । तालको वरिपरी घना वन क्षेत्र भए पनि तालमा रुखबाट खस्ने पात भने कहीँकतै पनि देखिदैन । ताल सधैँं सफा रहने गरेको पाइन्छ । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरेपनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ ।

चारैतिर पहाड र घना सालको वनको बीच भागमा स्थित सुनदेवी तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेको छ । नगरपालिकाको झलारी बजारदेखि झण्डै १५ किलोमिटरको दूरीमा रहेको यो तालसम्म पुग्नका लागि आठ किलोमिटर निजी सवारी साधनमा र त्यसपछि पैदल हिड्नुपर्ने हुन्छ ।

नगरपालिकाको वडा कार्यालयले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाए पनि मनोरम पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि भने सडक निर्माणको पहल गरेको पाइदैन । स्थानीय विद्यालयका विद्यार्थीले पिकनिक खान र धार्मिक पर्यटक भने सुनदेवीको दर्शनका लागि यहाँ आउने गरेका छन् । “यो तालमा माछा भने देखिदैनन्”, स्थानीयवासी लालबहादुर महराले भने, “चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यस तालमा हालसम्म माछा देखेका छैनौं ।”

तालका वरिपरी पाटे बाघका पदचिन्ह जताततै सहजै देखिन्छन् । विभिन्न प्रजातिका मयुर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेसलगायतका चराको चहलपहलले यस क्षेत्रमा पुग्नेहरु प्रकृतिको अनुपम आनन्द लिन पछि पर्दैनन् । बाँदर, लगुना, मृग, बँदेलले भने बाटोमै हिँड्दै गर्दा बिचमै देखा पर्ने गरेका छन् । ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकासमुनिको काठको छाना भएको सानो भगवतीको थापनासमेत छ । थापनास्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखिनै धार्मिक क्षेत्रका रुपमासमेत परिचित रहेको पुष्टि हुन्छ ।

ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ । नवरात्र, दशैँ, तिहार, माघे सङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको वातावरण सामुदायिक वनका अध्यक्ष पुस्कर सिंहले बताए । उनका अनुसार विवाह, व्रतबन्धन र स–साना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । “त्यो सङ्ख्या भने थोरै मात्र रहने गरेको छ” उनले भने ।

तालको पानी निकास हुने क्षेत्रमा वर्षेनी पहिरो जाने क्रम नरोकिएकाले तालनै नासिने चिन्ता स्थानीयवासीमा देखिएको छ । तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरुले काठ ओसार्नका लागि रेल स्टेशनका रुपमा प्रयोग गर्ने गरेकाले यो क्षेत्र एतिहासिकस्थानका रुपमा रहेको शिवराज भट्टले बताए । स्टेशनमा अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डा बोझ नामले चिनिने गरेको छ ।

जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँमुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बुढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् । सुनदेवी ताल एतिहासिक महत्वको भए पनि यसको प्रचारप्रसार र संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाउँदा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । सुनदेवी तालसम्म पुग्ने सडक र यसको पूर्वाधार विकासका लागि कार्य अगाडि बढाउन सके यसले पर्यटकलाई सहजै तान्न सक्ने सम्भावना छ ।

ताल क्षेत्रको विकासमार्फत पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीयवासीका अनुसार सुनदेवी ताललाई आकर्षणको केन्द्र बनाई आयआर्जन तथा रोजगारी बढाउने खालका व्यवसाय सञ्चालन गर्ने अवसरको सिर्जना गर्न सके यस क्षेत्रको तीव्ररुपमा विकास गर्न सकिन्छ । रासस


प्रकाशित मिति: मगलवार, मंसिर २३, २०७७, ०१:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थारु सङ्ग्रहालयको प्रचार प्रसार गर्न कञ्चनपुरमा मेलाको आयोजना
खप्तड अब हेलिकप्टर मार्फत अवलोकन गर्न सकिने
सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा
आठ महिनापछि खुल्यो टीकापुर पार्क
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 48
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago