Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०३:५९:४३
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
पर्यटन
  • Home
  • News
  • आठ महिनापछि खुल्यो टीकापुर पार्क
आठ महिनापछि खुल्यो टीकापुर पार्क
64x64
शनिवार, मंसिर २०, २०७७ गोदावरी न्युज

कैलाली - कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ ।

आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्याङ्क नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ ।

नयाँ वर्ष र दशैँतिहारको समयमा पार्क अवलोकनमा आउनेको घुइँचो लाग्ने गरेको भए पनि यो वर्ष सो अवधिमा पार्क सुनसान रह्यो । नगरपालिकाको वार्षिक ५० लाख रुपैया आम्दानी हुने पार्कबाट गत वर्ष रु २० लाख पनि आम्दानी हुन सकेन । झनै यस वर्ष त त्यति पनि आम्दानी हुने अवस्थामा नदेखिएको पार्कमा कार्यरत विनोद चौधरी बताउँछन् । नयाँ वर्ष र दशैँतिहारको समयमा मात्रै पार्कले रु २० लाखभन्दा बढी आम्दानी गर्ने गरेको छ ।

अन्य वर्षजस्तै पार्कमा आउने पर्यटकलाई यस वर्ष पार्क बन्द रहेको जानकारी नभएकाले पार्क पुग्दै फर्कँदै गरे । बन्दाबन्दी खुलेसँगै टीकापुर पार्कमा पर्यटकको आगमन शुरु भए पनि पार्कको मूल ढोका बन्द हुँदा त्यहीबाट पर्यटक फर्कने गरेका थिए । दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरलगायतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताए ।

शनिबार बर्दियाबाट पार्क अवलोकनको लागि आउनुभएका शङ्कर चौधरीले पहिले पनि पार्क अवलोकनका लागि आए पनि धेरै पछि खुल्ला हुँदा अब पर्यटकको आगमन बढ्ने बताए । ‘हामी पार्क खुल्ला छ भन्ने ठानेर यसअघि पनि आएका थियौँ,’ चौधरीले भने, ‘पार्क बन्द छ भन्ने जानकारी नपाउँदा धेरै समस्या भोग्नु पर्यो । सबै क्षेत्र विस्तारै चलायमान हुँदै गएको अवस्थामा नगरपालिकाले वनभोजस्थल पनि सञ्चालनलमा ल्याउनुपर्छ ।’

स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए । ‘पार्क मात्र खुला गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘वनभोजजस्ता कार्यक्रममा भने रोक लगाएको छ तर सञ्चालनका लागि छलफल भइरहेको छ ।’

नगरपालिकाले अवलोकनकर्ताले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरुवा वा रेलिङमा छुन नपाइने जथाभावी फोहर गर्न नपाइने, फोहरलाई सम्बन्धित स्थलमा व्यवस्थापन गर्नुपर्ने, प्रति समूहमा बढीमा २५ जनाभन्दा बढीको सङ्ख्यामा प्रबेश गर्न नपाइने र एक अर्काबीच भौतिक दूरी कायम गर्नेजस्ता शर्त तोकिएका पार्कका कर्मचारी चौधरीले बताएका छन् ।

पार्क खुल्दा त्यस क्षेत्रका व्यवसायी पनि खुशी भएका छन् । पार्क छेउमा होटेल व्यवसाय गर्दै आएका अर्का रेष्टुराँका सञ्चालन रवीन्द्र विष्टले व्यवसाय पहिले नै सञ्चालन भए पनि पार्क बन्द हुँदा आफूहरूले व्यवसाय बन्द गरेजस्तै रहेको बताए । ‘अब पार्क खुल्दा केही आशा देखिएको छ । यसअघि साउको र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन,’ विष्टले भने, ‘पहिले यो मौसममा दैनिक रु एक लाखसम्मको व्यापार हुन्थ्यो । अहिले सुनसान छ तर पनि लामो समय पछि पार्क खुल्दा अब केही आश थपिएको छ ।’

पार्कको अवलोकन समय बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला गरिएको जनाइएको छ ।रासस

 


प्रकाशित मिति: शनिवार, मंसिर २०, २०७७, १२:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थारु सङ्ग्रहालयको प्रचार प्रसार गर्न कञ्चनपुरमा मेलाको आयोजना
खप्तड अब हेलिकप्टर मार्फत अवलोकन गर्न सकिने
सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा
कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 46
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago