अत्तरिया - कैलालीको अत्तरियामा सवारी दुर्घटनाबाट गएराती एक जनाको मृत्यु भएको छ ।
अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको से १ च २०९४ नम्बरको स्कारपियोले ठक्कर दिदा गोदावरी नगरपालीका ३ मालीकाटोल बस्ने २७ बर्षिय अनुप साउदको मृत्यु भएको हो ।
अत्तरिया स्थित महेन्द्रनगर रोड गोदावरी पुल नजिकै गएराती करिव ९ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटना लगत्तै मृतक साउदलाई उपचारकालागी पद्यमा अस्पतालमा लगिएको र त्यहा उपचार सम्भव नभएपछी रेफरगरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।