अत्तरिया- कैलालीको अत्तरियामा एक जनाको शव फेला परेको छ ।
आज बिहान गोदावरी नगरपालिकाको वडा नं ४ अन्तर्गत पर्ने खैराना गाउँ जाने बाटो खैराना पुलको छेउमै शव फेला परेको प्रहरीले जनाएको छ ।

शबको प्रकृति हेर्दा राति समयमा कसैले हत्या गरेर त्यँहा फालेको हुन सक्ने आशंका गरिएको छ ।
शबको पहिचान हुन नसकेको यस बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिल्सिनाले जानकारी दिए ।

स्थानियहरुका अनुसार सो क्षेत्र अत्यन्तै खतरायुक्त क्षेत्र हो । सो क्षेत्रमा बर्षेनी कुनै न कुनै किसिमको घटना हुदै आएको छ ।