बझाङ – मोटरसाईकललाई ट्रकले ठक्कर दिदा भएको दुर्घटनामा परी बझाङको दुर्गाथली गाउँपालिका – ४ का वडा अध्यक्ष सहित २ जना घाईते भएका छन ।
मोटरसाईकलमा सवार वडा अध्यक्ष महेशप्रसाद जोशी र दुर्गाथली गाउँपालिका वडा नम्बर २ की कला मिश्र दुर्घटनामा परी घाईते भएका हुन । घाइतेहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
मंगलबार दिउँसो अध्यक्ष जोशी चैनपुर आउने क्रममा छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ मा रहेको भण्डारी गाउँ नजिकै ना ४ ख ३७८० नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।