डोटी - डोटीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढीका लगि छुटेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जीप र विपरीत दिशाबाट आईरहेको सुप्रप ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोक्किदा भएको दुर्घटनामा ६ जना घाइते भएका हुन ।
दुर्घटनामा परि घाईते हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौली देबी विष्ट, २४ वर्षीया दुर्गादेबी विष्ट उनकी १ वर्षको छोरा सिर्जन विष्ट, दिपायल सिलगढी नगरपलिका–६ का मोटरसाईकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय कर्ण बम रहेका छन् ।
घाइतेहरु मध्ये २४ वर्षीया दुर्गादेवी विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएकाहरुको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र जीप चालकलाइ नियन्त्रणमा लिइएको छ ।