कञ्चनपुर - कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका – ५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनमा मोटरसाइकलको पछाडि सवार स्थानीय ३० वर्षीय करन चौधरी घाइते भएका छन् ।