बैतडी - जिल्लामा जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् । बझाङको बुंगलबाट खोडपेका लागि छुटेको से १ ज १२२६ नम्बरको जिप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर नजिकै दुर्घटना भएको हो ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय हिक्मत चन्दले जानकारी दिए । घाइतेहरुको उद्धार गरिरहेको उनले बताए ।