बैतडी - बैतडीमा आज सोमबार जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।