डडेल्धुरा - डडेल्धुरामा ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको छ । जिल्लाको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ ।
डडेल्धुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो । दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
चालक फेला नपरेको र उनी फरार रहेको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।