कैलाली - मा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका ६ जगतपुरस्थित बौनिया-भजनी भित्री सडकखण्डमा से ७ प ३००९ नम्बरको मोटरसाइकलले जोशीपुर गाउँपालिका ६ सिम्रीका ६० वर्षीय पैदलयात्री ठाकुरप्रसाद डगौरालाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री डगौरा गम्भीर घाइते भएका र उनको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले बताएको छ।
त्यस्तै , मोटरसाइकल चालक भजनी नगरपालिका १ का १८ वर्षीय पारस रेग्मी जैशी र पछाडि सवार सोही ठाउँका २२ वर्षीया विपिन न्यौपाने सामान्य घाइते भएका छन्। चालक र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।