बाजुरा - जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका ४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमा जगन्नाथ ४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी रहेका छन् ।
उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।