डोटी - जिल्लामा स्कारपियो दुर्घटना भएको छ । भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका २ को रुवसकाँडामा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१–०२४च९१३८ नम्बरको जीप रुवसकाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले बताए।
यस्तै चालक अमरगढी नगरपालिका ७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका २२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन्।