धनगढी - कैलालीको धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसमा ट्रकले ठक्कर दिएको हो। ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामा प्रहरीको नियन्त्रणमा छन्।