कञ्चनपुर - जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको कलुवापुर-बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा २ मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन्।
आइतबार राति से४ प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ।
सो दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ। वेदकोट नगरपालिका १ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका २ वाणीका २२ वर्षीय नरेन्द्र साउँदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।