कञ्चनपुर - जिल्लामा दुर्घटनामा परेका एक किशोरको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ८ मल्लादेही घर भइ हाल कञ्चनपुरको कृष्णपुरमा बस्दै आएका १७ वर्षीया दमन बोहरा रहेका छन् । यही माघ ४ गते मोटरसाइकलमा सवार भएको बेला ट्याक्टरले ठक्कर दिँदा बोहरा घाइते भएका थिए।
घाइतेपछि उपचार गराइरहेको उनको बिहीबार धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन्।
कक्षा ११ मा अध्ययनरत उनी बैतडीबाट पढाईका लागि कञ्चनपुर आफ्नी फुपुको घरमा बस्दै आएका थिए।