बझाङमा ट्रयाक्टरको ट्रलीबाट खसेर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालीका–७ का २४ वर्षिय लोकेन्द्र रोकाया रहेको प्रहरीले जनाएको छ ।
बझाङको छान्नाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीवाट खसेर उनी टायरमुनि च्यापिएर गम्भिर घाइते भएका थिए ।
दिउँसो १२ वजे जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।