अत्तरिया - आज ’अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ । नेपाल सहित बिश्वभर विश्वभर नेपाली टोपीको सम्मान गर्दै ’अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदैछ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि यो दिवस मनाइदै आएको छ ।
आजको दिन नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
अहिले सबैले आ आफ्नो सामाजिक संजालमा नेपाली टोपी लगाएको तस्बिर सहितको फोटो राख्दै एक आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।