अत्तरिया -गोदावरी नगरपालिकाको पाँचौ नगरअधिबेशन अहिले चलिरहेको छ ।नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले अधिबेशनको सभापतित्व गरिरह्नु भएको छ ।
आजै भएको उदघाटन सत्रमा नगर उपप्रमुख रत्ना कडायतले आगामी आर्थिक बर्ष २०७७ -७८ को निती कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाले आफ्नो निती तथा कार्यक्रममा करमा छुट दिने जनाएको छ ।
कोरोना भाईरसको महामारीका कारण व्यवसाय आएको गिरावटलाई मद्यनजर गरी करमा छुट दिन लागिएको हो । यस्तै गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पताल नाम फेरेर गोदावरी नगर अस्पताल राखिने भएको छ ।
साथै अस्पतालले अहिले २४ घण्टा नै सेवा दिईरहेको र आगामी दिनमा अस्पतालमा थप सेवा थपिने भएको छ ।
अहिले कोरोना भाईरसको संक्रमणलाई मद्यनजर गरी अस्पतालमा कोरोना उपचारका लागि विषेश कक्ष निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।






