धनगढी -सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतमा रहेका नेपालीहरुको भाबना आफुले गहिरो गरी बुझेको बताएका छन् । कोरना भाइरसको माहामारी रोक्न नेपाल भारत दुबै देशमा लकडाउन जारी रहेकाले त्यँहा रहेका नेपालीहरुले आफुहरुलाई घर फर्काउनु पर्ने बताई रहेका बेला मुख्यमन्त्री भट्टले प्रदेश सरकारको अधिकारको सिमा पनि बुझिदिन आग्रह गरेका हुन ।
'कोरोना भाइरसका कारण यो जटिल परिस्थिती आएको छ,दुबै देशमा लकडाउन छ तर पनि हामी केन्द्र सरकार सँग निरन्तर समन्वयमा छौं,' मुख्यमन्त्री भट्टले भने , 'यो परिस्थिती कसैले बनाएको होइन आँफै भएको हो तर देशको मुल कानुनले दिएको अधिकार भन्दा बाहिर गएर प्रदेश सरकारले सिमा को बिषयमा निर्णय गर्न सक्दैन ।'
उनले प्रदेश सरकारले केही गर्न नसकेको भनेर भ्रम फैलाउने खोजिएको भन्दै गुनासो गरे । भट्टले यो समस्या साझा भएको ले सबै ले जो जँहा भएपनी सहयोगी बन्नु पर्ने बताए । प्रदेश सरकारको अधिकारको सिमाको बारेमा बुझिदिन उनले सबैमा आग्रह समेत गरे ।
भारतमा रहेका नेपालीहरुमा परेको अप्ठ्यारोको बारेमा संघिय सरकार, भारत सरकार र नेपाली राजदुत सँग आफुले निरन्तर छलफल गरिरहेको बताउंदै मुख्यमन्त्री भट्टले भने - प्रदेश सरकार आफ्ना नागरिकलाई स्वदेश ल्याउन चाहन्छ तर यो बिषेश परिस्थितीको बारेमा दु:ख पिडा भएपनी त्यही अनुसार सबैले बुझौं ।
भट्टले सुदुरपश्चिममा कोरोना भाइरसको जोखिम अझै कायमै रहेकाले सरकारले चनाखो भएर सतर्कता अपनाईरहेको समेत दाबी गरे ।