अत्तरिया - विश्बब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को नेपालमा संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएक पछि हजारौ नेपालीहरुका बिभिन्न ठाउँमा अलपत्र परेका छन् । कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखी जारी गरेको लकडाउनका कारण देशभित्र तथा सिमा नाकाहरुमा हजारौ नेपालीहरु अलपत्र परेका हुन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका दुई हजार बढी नेपालीहरु एक महिना देखि सीमा क्षेत्रमा अलपत्र छन् । सिमामा रोकिएकाहरुलाई नेपाल प्रबेशमा रोक लगाइरहेका बेला देशभित्र काठमाण्डौ लगाएत पूर्वी जिल्लाका बिभिन्न ठाउँमा रहेका सुदूरपश्मिेलीबासी केही दिन यता धमाधम आफ्नो घर फर्किरहेका छन् ।
लकडाउन सुरु हाल सम्म काठमाण्डौ लगाएत पूर्वका बिभिन्न जिल्लामा रहेका ५ हजार बढि मानिसहरु सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका दिएको जानकारी अनुसार लकडाउन सुरु भएदेखी १ सय १४ वटा बस मार्फत ५ हजार १ सय ३० जना र ९० वटा जिप कार मार्फत ४ सय ५० जना गरी ५ हजार ५ सय ८० जना चिसापानी हुदै सुदूरपश्चिममा भित्रिएका हुन् । यो अबधिमा ४ सय ९० वटा खाध्यान्नका वा खाली ट्रकहरु आएको ट्राफिकको तथ्याङक उल्लेख गरिएको छ ।
पछिल्लो केही दिन लकडाउन लम्बिदै गएपछि यहाँका बिभिन्न स्थानिय तहहरु तथा सांसदहरुको पहलमा मजदुरी गर्न वा पढाइको सिलसिला काठमाण्डौ लगाएत पूर्वी जिल्लामा गएकाहरुलाई घर पठाउन थालेका थिए । बैशाख १० गते यता बस मार्फत सबैभन्दा बढि मानिसहरु सुदूरपश्चिममा भित्रिएका छन् ।
जसमा बैशाख १० गते १ सय ६३ जना , ११ गते ७ सय ७२ जना , १२ गते २ सय ८५ जना , १३ गते ५ सय ३२ जना , १४ गते १ हजार ६ सय ६६ जना र १५ गते १५ सय ५९ गरी ५ दिनको अबधिमा बसवाट मात्रै ४ हजार ९ सय ७७ जना सुदूरपश्चिममा भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै यो अबधिमा पश्चिमवाट ८१ वटा बसहरु पूर्वमा गएको ट्राफिक प्रहरीले जनाएको छ ।
मध्ये ३५ बसमा १ हजार २ सय ६० यात्रु गएको र ४६ वटा बसहरु भने खाली गएको बताएको छ । १ सय ६४ वटा जिपकार मार्फत ६ सय ७६ जना यात्रुहरु पश्चिमवाट पूर्वमा गएका छन् । यसैबिच कैलाली , कञ्चनपुर सहित काठमाण्डौ र पूर्वी जिल्लावाट आएका २ हजार ५ सय ३३ जना अत्तरियावाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गएका छन् ।
ट्राफिक प्रहरीका अनुसार लकडाउन भएदेखी ४१ बस र ८६ जिप कार मार्फत उक्त संख्यामा मानिसहरु पहाडी जिल्लाहरुमा गएका हुन् । यो अबधिमा ८६ जिप कार मार्फत ६ सय ८८ जना र खाध्यान्न तरकारी अदि गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।