Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ १०:०३:११
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • कोरोनाका कारण सुदूरपश्चिमेली बासीको बिसु पर्व यस बर्ष घर भित्र सिमित
कोरोनाका कारण सुदूरपश्चिमेली बासीको बिसु पर्व यस बर्ष घर भित्र सिमित
64x64
सोमवार, बैशाख १, २०७७ गोदावरी न्युज

अत्तरिया - सुदूरपश्चिम बासीको मौलिक सांस्कृतिक पर्वको रुपमा मनाईंदै आएको बिसु पर्वको यस बर्ष भने घर भित्र सिमित हुने भएको छ । कोरोना भाइरस (कोभिड(१९) का कारण विश्व नै आक्रान्त भैरहेको बेला नेपालमा पनि लकडाउनका जारी रहदा यस बर्ष सुदुरप्श्चिमेली बासीहरुको बिसु पर्व घरभित्र सीमित हुने भएको हो ।

नयाँ बर्ष संगै सुदूरपश्चिम प्रदेशमा बिषेश हर्षउल्लासका साथ मनाइदै आएको बिशु बर्षको यस बर्ष भने कुनै रौनक छाएको छैन । देशभरमा अहिले सम्म कोरोना(कोभिड(१९) संक्रमणबाट सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेको छ ।

त्यसैले पनि सुदूरपश्चिमबासी बढी त्रासमा बाँचिरहेका छन् । कोरोना(कोभिड(१९) को त्रासले र लकडाउनका कारण अहिले सुदूरपश्चिमका सबै नौ बटा जिल्लाहरु सुनसान रहेका छन् । स्थानीय तहले बिसु पर्व घरमै बसेर मनाउन स्थानीय बासीलाई अनुरोध गरेका छन् ।

विशेषगरी सुदूरपश्चिमका पहाडि जिल्लामा धुमधामसाथ मनाइने यो पर्व कोरोना भाइरस (कोभिड(१९) का कारण घरभित्रै मात्र मनाउन स्थानीय सरकारले अनुरोध गरेका हुन् । डोटीको सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ’नजिकै आइरहेको बिसु पर्व (नयाँ वर्ष २०७७को पहिलो दिन) मा मेला र भेला नगरी घरभित्रै बसेर मनाउन हुन सबैलाई अनुरोध गरिन्छ ।’

विज्ञप्तिमार्फत अनावश्यक भीडभाड नगर्न र सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ । भारतमा मजदुर गर्दै आएका सुदूरपश्चिम बासी बिसु पर्व मनाउने भन्दै घर फर्केका थिए । तर उनीहरु अहिले कोरोना संक्रमणका कारण सयौंको संख्यामा क्वारेन्टाइनमा बसिरहेका छन् भने हजारौंको संख्यामा सुरक्षित साथ आ(आफ्नो घरमै बसिरहेका छन् ।

कयौंको समय यसपालिको बिसु पर्वमा क्वारेन्टाइनमै बित्ने भएको छ भने कयौंको घरभित्रै बसेर ।’ विशेषगरी सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन रहेको छ ।

के हो बिंशु पर्व

यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।

विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ ।

बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ।

हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दशैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन् ।
सभार -नेपाली विकिपिडिया


प्रकाशित मिति: सोमवार, बैशाख १, २०७७, ०७:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिमका पहाडी क्षेत्रमा स्थानीय रैथाने जातका भैँसी लोप हुँदै
कोभिडविरुद्ध १६ हजार मात्रा खोप सुदूरपश्चिममा आउँदै
प्रधानमन्त्री ओलीका कारण जनतासामु माफी माग्नु पर्ने भयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago