कैलाली -भारतबाट फर्किएकाहरुमा कोरना देखिएपछि सुदुरपश्चिममा चियो चर्चो र चिन्ता शुरु भएको छ । भारतमा मजदुरी गर्न गएकाहरु कोरनाको त्रास पछि यो प्रदेशमा झण्डै डेढ लाखको हारहारीमा भित्रीएको सरकारी आंकडा छ । प्रदेशका बिभिन्न नाकाहरु उनिहरु नेपाल भित्रिएका हुन । सुदुरपश्चिमका ठुला नाकाहरु गौरीफंटा र गड्डाचौकीबाट ठुलो संख्यामा नेपालीहरु भित्रिएका हुन । सिमाबाट नेपाल भित्रिएपछि उनिहरु बस चढेर आ-आफ्नो जिल्ला पुगेका छन् ।
प्रदेश सरकार र स्थानिय सरकारले भारतबाट भित्रिनेहरुको आँकलन नगरी उनिहरुलाई उचित क्वारेनटाईनमा राख्ने ब्यबस्था नगरेका कारण अधिकांस घर पुगिसकेका छन् । केही स्थानिय तहहरुले क्वारेनटाईन बनाएको भएपनी धेरै जसो घर पुगिसकेका छन् । कैलाली र कन्चनपुरमा शनिबार भारतबाट फर्किएकाहरुमा कोरनाको संक्रमण पोजेटिभ देखीएपछि स्थानियहरु चिन्तीत बनेका छन् । अब घर पुगिसकेकाहरुमा अझै धेरै कोरना देखिने हो कि भन्ने डर हुन थालेको स्थानियले बताएका छन् ।
स्थानिय सरकारलाई पनि भारतबाट आएकाहरु माथि निगरानी बढाउनु चुनौती हुन थालेको छ । गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले भारतबाट फर्किएकाहरुलाई सुरक्षित राख्ने चुनौती रहेको स्विकार गरे । उनले भने -'नगरपालिकाका स्वास्थयकर्मीहरुले उनिहरु माथि निगरानी र गरेकै छन् तर त्यो पर्याप्त नहोला कि भन्ने चिन्ता बढेको छ।'
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदी ले कोरनाका संक्रमित देखीएपछि थप सजकता अपनाएको बताए । उनले सबै सिबिरमा बसेकाहरुको पनि स्वाब परिक्षणको कार्य भईरहेको जानकारी दिए ।
'सिमाबाट आएका नागरिकहरु माथि स्थानिय सरकारले पनि निगरानी राख्नु पर्ने थियो तर त्यस्तो देखिएन । हामीले यसै कार्यको लागी स्थानिय तहलाई बजेट पनि छुट्याएका छौं तर केही स्थानिय तहमा प्रभाबकारी देखिएन,' उनले भने -अब चुनौती बढेको छ। केही दिन अघि सिमापारीबाट लुकीछिपी आएकाहरुमा पनि देखिएको छ । यसमा हामी सचेत छौं ।'
मन्त्री सुबेदीले भारतबाट आएकाहरु र अन्य मुलुकबाट आएकाहरु माथि बिषेश निगरानी बढाउने बताए । क्वारेनटाईनमा बसेका सबैको स्वाब पनि केन्द्रिय प्रयोगशालामामा परिक्षण मा पठाईएको उनको भनाई छ ।