धनगढी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशमा ११ विमानस्थल सञ्चालन हुने बताएका छन् । धनगढीमा शनिबार आयोजित ना प्रधनगढी विमानस्थल गुरु योजस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले प्रदेशका विभिन्न ११ ठाउँमा विमानस्थल सुरु हुने बताएका हुन् ।
उनले धनगढी विमानस्थल विस्तारसँगै तत्काल कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुरमा बन्द अवस्थामा रहेको विमानस्थल पनि संचालन गर्ने आश्वासन दिए । मन्त्री भट्टराईले बन्द अवस्था रहेका विमानस्थल सञ्चालनमा पनि सरकार प्रतिवद्ध रहेको बताएका छन् । यसैबिच सुदूरपश्चिमको एक मात्रै ठूलो विमानस्थलको रुपमा रहेको धनगढी विमानस्थल अब अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसारको बन्ने भएको छ ।
धनगढी विमानस्थलको विस्तार(स्तरोन्नति) मन्त्रालयले २० वर्षे गुरु योजनातयार गरेको मन्त्री भट्टराईले जानकारी दिए । विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका प्रक्रिया छिट्टै थालिने मन्त्री भट्टराईले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको गुरुयोजना सार्वजनिक गरेको छ ।
प्राधिकरणको लागि रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको गुरुयोजना अनुसार सन् २०४० सम्ममा ३ चरणमा निर्माण कार्य हुने भएको छ । जसको लागि प्रारम्भिक चरणमा विमानस्थल निर्माणको लागि थप २४४ विघा जग्गा अधिग्रहण गर्नुपर्ने जनाइएको छ ।
कन्सल्टेन्सीका इन्जिनीयर गुरुदत्त अधिकारीका अनुसार हाल ७० विघामा फैलिएको विमानस्थल अधिग्रहणपछि जम्मा २९७ विघामा बन्ने भएको छ । बन्ने संरचनाहरू अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाउ) लगायतको मापदण्ड हुने र मान्यता पाउने इन्जिनीयर गुरुदत्त अधिकारीले जानकारी दिए ।