अत्तरिया - सुदूरपश्चिम सहित देशभर मंगलबार २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । यस बर्ष ‘दिगो बिकासको लक्ष्य, अपाङ्गमैत्री भबिष्य’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकार सहित अपाङ्गता भएको ब्यक्तिहरुको पक्षमा काम गर्दै आइरहेका बिभिन्न संघसंस्थाहरुले ठुलो पर्वका रुपमा २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएका हुन् ।
आफुहरुले निकै हर्षोउल्लास र ठुलो पर्वका रुपमा रुपमा हरेक बर्ष दिवस मनाउने गरेको भएपनि आफ्ना दुख पिडा भने ज्यु का त्यु रहेको अपाङ्गता भएका ब्यक्तिहरुले गुनासो गरेका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा नगरस्तरिय अपाङ्ग कार्यसञ्जाल गोदावरी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् ।
नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा थुप्रै हक अधिकारहरु लेखिएको भएपनि त्यो खाली कोरा कागजमा मात्रै समिति रहेको उनीहरुको गुनासो छ । अपाङ्गता भएका ब्यक्तिहरुहरु पक्षमा बनेका ऐन नियम र हक अधिकारहरु कार्यन्ब्यन गराउन सरकारी पक्षले नै वास्था नगर्दा झनै समस्या भैरहेको राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रिय सदस्य मान बा. साउँदले बताए । उनले अपाड्गता भएका ब्यक्तिहरुले सम्मानजनक बाच्न पाउने थुप्रै नितिगत ब्यबस्था भएपनि ति ब्यबस्थाहरु कार्यन्बयनमा नआउदा अहिले धेरै जसो अपाङ्गता भएका ब्यक्तिहरुको अबस्था दयनिय बनेको बताए ।
अब सरकारले अपाडगता भएकाहरु ब्यक्तिहरुको पक्षमा भाषणमा मात्रै नभएर ब्यबहारि जिवनमा लागु हुने गरी काम गर्नु पर्ने उनको माग छ । 'अहिले देश संघिय संरचनामा गएको छ देशमा तिन तहको सरकार बनेको छ , स्थानिय सरकार र प्रदेश सरकारले आ आफ्ना ऐन कानुनहरु निर्माण गरिरहेका छन्' उनले भने - हो अहिले देखी नै अपाङ्गता भएका ब्यक्तिहरुका आबाजलाई पनि समेटिनुपर्छ , अपाङ्गता भएका ब्यक्तिहरुको समान पहुचका लागि ति ऐन नियमहरुमा हाम्रा मागहरु पनि समाबेश गरिनुपर्छ र तिनलाई ब्यवहारमा पनि लागु गर्नुपर्छ ।'
उनले अब बन्ने ऐन नियम र कानुन देखी लिएर विकास निर्माणका हरेक प्रकृयामा समेत अपाङ्गता सबालको समाबेशीता हुनु अहिलेको आवश्यकता रहेको बताए । केन्द्रिय सदस्य साउँदले अब स्थानिय, प्रदेश र केन्द्र गरी तिनै तहको सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व हुने काम कारबाहीहरु अगाडी बढाउनुपर्ने आफुहरुको माग रहेको बताए । नेपाल अपाङ्ग महिला संघ कैलालीकी अध्यक्ष खडक कुमारी बुढाले अहिले कुनै पनि सरकारी कार्यालयहरु अपाङ्गमैत्री नहुदा अपाङ्गता भएका ब्यक्तिहरु सरकारी सेवाबाट वञ्चित हुनु पर्ने अबस्था रहेको बताइन् ।
भैतिक संरचनाहरु अपाङ्गमैत्री नहुदा अपाडगता भएका ब्यक्तिहरु झन पछाडी परिरहेकाले अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्री बन्नुपर्ने आफुहरुको पहिलो माग रहेको उनले बताइन् । अपाडगता भएका ब्यक्तिहरुमा पनि अझै महिला झन पिडित बनेका छन्, पुरुषहरुले जस्तोसुकै परिस्थितीमा पनि सम्बन्धित निकायमा गएर आफ्ना समस्याहरु राख्न सक्छन् तर महिलाहरु भने आफ्ना दुख पिडा आफु भित्र नै लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ उनले भनिन् । अपांगता भएका ब्यक्तिहरु फरक क्षमताका हुने भएकाले सरकारले आफुहरुका लागि सोहि अनुसारका कार्यक्रमहरु ल्याउनुपर्ने उनको भनाई छ । कैलालीको गोदावरी नगरपालिका नगरस्तरिय अपाङ्ग कार्य संजालकी अध्यक्ष पुष्पा रोकायाले संबिधानमा लेखिएका र अपाङ्गका क्षेत्रमा बनेका ऐन नियमहरु सबै कागमा मात्रै सिमित बनेको बताइन् ।
उनले अपाङ्ग भएका ब्यक्तिहरुको पक्षमा सरकारले बिभिन्न सेवा सुबिधाहरु दिइरहेको बताएपनि आफुहरुका पिडा भने जस्ताका त्यस्तै रहेको बताइन् । 'धेरै पर नजाउ यहि हेर्नुस न अपांगता भएका ब्यक्तिहरुलाई सार्बजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने भनिएको छ तर खै अहिले सम्म हामीले छुट पाएका छैनौ , छुट दिइहाले पनि १० रुपैया २० रुपैया छुट दिइन्छ नत्र गाडी नै नरोकिदिने समस्या छ' उनले भनिन् - 'यस्तै शिक्षामा त्यस्तै छ स्वास्थ्यमा त्यस्तै छ केहि बिरामी भएर अस्पतामा गयौ कि औषधि सकिएको छ भन्ने , आज हुदैन भनेर आनाकानी गर्ने समस्या अहिले पनि ज्यु का त्यु रहेका छन् ।' उनले अब बन्ने ऐन नियम र कानुनहरुमा अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि समाबेश गराइनुपर्ने र बनेका कानुनहरुको तत्काल कार्यन्व्यनका लागि सरकार गम्भिर बन्नुपर्ने उनको भनाई छ ।
अपाडगता भएका ब्यक्तिहरुको पक्षमा बनेका निति नियम र कानुनहरु ब्यबहारिक रुपमा लागु नहुदा अहिले धेरै जसोको अबस्था नाजुक बनेको छ । अपाडगता भएको परिचय पत्रको हातमा भएपनि त्यो अनुसारको सेवा सुबिधाहरु नपाउदा अहिले दिनभर अटो रिक्सा चलाउदै आफ्नो जिविकोपार्जन गरिरहेको कैलालीको गोदावरी नगरपालिका वडा नं २ का अनिल मल्लले बताए । सरकारले अपाडगता भएकाहरुको क्षेत्रमा गर्न खोजेका कामहरु सबै भाषणमा मात्रै सिमित भएको देखेपछि सरकारको मुख ताक्नु भन्दा अहिले दिनभर अटो चलाउदै आफ्नो जिवन सुख साथ बिताइरहेको उनको भनाई रहेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुबेदीले प्रदेश सरकार अपाङ्ग भएका ब्यक्तिहरुको पक्षमा रहेको र यसका लागि आफुले पहल गरिरहेको बताए । उनले सुदूरपश्चिममा अपाङ्ग भएका कोही बालबालिकाहरु पनि शिक्षावाट बञ्चिन नहुन भनेर अपाङ्ग भएका बालबालिकाहरु अध्यनरत अत्तरियाको सुप समाबेशी बिधालयलाई सुदुरपश्चिम प्रदेशकै नमुना बिधालयका रुपमा स्थापित गरिने बताए ।
प्रदेश सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको जिबिकोपार्जन देखी लिएर शिक्षा , स्वास्थ्य , सुरक्षा , रोजगार लगाएतका सबै क्षेत्रमा रकम बिनियोजन गरेको मन्त्री सुबेदीले बताए । अपाङ्गता सहायता सामाग्रीका लागि गत साल ४० लाख छुट्याएको बताउदै उनले चालु आर्थिक बर्षमा ३० लाख छुट्याएको र बाकिँ अपाङ्गता भएका ब्यक्तिहरुको आवश्यकता अनुसार प्रदेश सरकारले काम गर्ने जानकारी दिए ।
अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा बनेका नियम कानुनहरु कार्यन्व्यन गराउनका लागि हामी कृयशिल भएर लाग्छौ र सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छौ यदि त्यसपछि मानेनन् भने कानुनी दायरमा ल्याउछौ उनले भने । नेपालको जनगणना २०६८ का अनुसार सुदूरपश्चिम प्रदेशमा २ दशमलब ५ प्रतिशत अर्थात् ६३ हजार ६ सय २५ जना विभिन्न प्रकारका अपाङ्गता रहेका छन् । जसमा कैलाली जिल्लामा मात्रै १५ हजार भन्दा बढि रहेका छन् ।
अपाड्गता भएका ब्यक्तिलाई दया माया भन्दा पनि अबसरको खाचो रहेको छ । शारिरिक रुपमा अशक्त वा अपाड्गता भएका ब्यक्तिहरुमा पनि सपाङ्गगता भएका ब्यक्ति जस्तै थुप्रै प्रतिभा र केहि गर्न सक्ने आट रहेको हुन्छ । त्यसैले अपाङ्गगता भएका ब्यक्तिहरुलाई सबै ठाउमा समान प्रतिनिधित्व गराइनुपर्छ र अपाड्गता भएका ब्यक्तिहरुको पक्षमा बनेका निति नियम तथा हक अधिकारहरु ब्यबहारिक रुपमा लागु गर्न तिनै तहको सरकारले तदारुकता देखाउन जरुरी देखिन्छ ।