अत्तरिया – नेपाली भू–भाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश भरी सुरु गरेको सप्ताहव्यापी कालापानी अभियान अन्तरगतको -याली अत्तरियामा पुगेको छ । बुधबार धनगढीबाट सुरु भएको -याली अत्तरियामा पुगेको हो ।
-यालीले अत्तरियामा गरेको कोण सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम अध्यक्ष नन्दराज भट्टले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेको बिरोधमा नेपाली जनता एकजुट भएको भएपनि सरकारले भने यस बिषयमा ठोस पहल गर्न नसकेको बताए । उनले सरकारले अहिले सम्म पनि कुटनीतिक रुपमा प्रक्रिया अगाडी बढाउने गरी काम गर्न नसकेकोले सरकारलाई दवाव दिनको लागि अभियान सुरु गरिएको बताए ।
‘सरकारलाई दवाव दिने उद्देश्यका साथ कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साबाट हटाउन दबाव दिने उद्देश्यका साथमा अब नेपाली जनतालाई जनस्तरबाट अन्तराष्ट्रियकरण गर्नु पर्छ भन्ने उद्देश्यका साथ -यालीको आयोजना गरिएको हो ।’ राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम अध्यक्ष भट्टले भने – ‘बिर गोर्खालीहरुले नालापानीमा लडेको ईतिहास भारतीय सम्राज्यवादले हेक्का गरे हुन्छ, नेपाली कसैको अगाडी झुकेको ईतिहास छैन । नेपालीले पानी नखाई लडेको ईतिहास छ । भारतीय सम्राज्यवादका अगाडी नेपाली जनता झुक्ने छैनन् ।’
उनले कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग समर्थन भईरहेको बताए । उनले भारतीत सम्राज्यबादको जोडतोडका साथ बस्ती बस्ती बाट सबै एक भएर उठ्न आवश्यक रहेको बताए ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका सचिव लक्षिराम आचार्यले भारतले भूमी मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढी देखि दार्चुला सम्म मोटरसाईकल –याली सुरु गरेको बताए ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर’ भन्ने मूल नाराका साथ पार्टीले मंसिर ११ गते देखि १७ गतेसम्म सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो ।
जनस्तरबाटै राज्यलाई दबाब सिर्जनाको लागि अभियान सञ्चालन गरिएको जनमोर्चाले जनाएको छ । सप्ताहव्यापी कालापानी अभियान अन्तरगत बिभिन्न जिल्लामा पर्चा वितरण , जनभेटघाट, कोणसभा, जुलुस तथा आमसभाका कार्यक्रम गरिने जनाईएको छ । अभियान अन्तरगत भोली १२ गते डडेल्धुरा बसपार्क र बैतडीको पाटनमा ¥यालि तथा सभा गर्ने १३ गते दार्चुलाको खलंगामा -यालि तथा सभा गर्ने, १४ गते गोकुलेश्वरमा -यालि तथा सभा गर्ने , १५ गते गोठलापानी बैतडी र दिपायल डोटीमा ¥यालि तथा सभा गर्ने र १७ गते महेन्द्रनगरमा समापन गर्ने कार्यक्रम रहेको छ ।
गत कात्तिक १७ गते भारत सरकारले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भूभागलाई सामेल गरी आफ्नो नक्सा जारी गरेपछि देशभर विरोध प्रदर्शन हुँदै आएको छ ।