डडेल्धुरा – डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन स्थगीत गरेका छन । नौ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीले मंगलबार साँझ विज्ञप्ती जारी गरी अनसन स्थगीत गरेका हुन । अनसन स्थगत गर्दै डा केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन् ।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछिको पहिलो अनसन डा. केसी डडेल्धुराबाट गरेका थिए । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गते सम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनसन मिती पछाडी सारेका उनले कार्तिक १७ गतेबाट डडेल्धुरामा अनसन सुरु गरेका थिए ।
९ दिन देखि अनसनमा रहेका केसीको स्वास्थ अवस्था जटील बन्दै गएको थियो । उनको स्वास्थ्य बिग्रिएपछि आइतबार अस्पतालले उनलाई अन्यत्र लैजान भनि विज्ञप्ति निकालेको थियो ।
तर डा.केसीले सरकारले वार्ता टोली गठन गरी डडेल्धुरा नै आउनुपर्ने माग राखेका थिए । सोमबार उनलाई लिन आएको सेनाको हेलिकोप्टर फिर्ता गएको थियो । उनी जान नमानेपछि मंगबार बिहान मात्रै सरकारले ‘स्पेसल कियर’का एकजना फिजिसियन चिकित्सकलाई डडेल्धुरा पठाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. राजेश मण्डललाई डडेल्धुरा पठाएको थियो । केसीले भने थप उपचार गर्न अस्वीकार गरेका थिए ।
यस्ता थिए डा. केसीका मागहरु
१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३. आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस् ।
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति र्पुयाएर ःद्यद्यक् कार्यक्रम सञ्चालन गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ःम्न्ए कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र ःद्यद्यक् कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नं दुई र चार तथा डोटीरडडेल्धुरा, उदयपुर र इलामरपाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
६. क्यान्सरलगायतका महंगा औषधिहरु भारतभन्दा ४(५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध
गराउने व्यवस्था गरियोस। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।
७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट रोकी पीडि़तहरुको मागअनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।