डडेल्धुरा – डडेल्धुरामा पुगेर अनशन बसेका डा. गोविन्द केसीलाई उपचारका लागि ‘स्पेसल कियर’का एकजना फिजिसियन चिकित्सकलाई डडेल्धुरा आउने भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. राजेश मण्डललाई डडेल्धुरा खटाएको हो । काठमाडौं ल्याउने प्रयास विफल भएपछि सरकारले डा. केसीको उपचारका लागि फिजिसियन पठाएको हो ।
डा. मण्डल मंगलबार बिहानै डडेल्धुरा अस्पताल पुगेका छन् । यता, डडेल्धुरा अस्पताल प्रमुख डा. जितेन्द्र कडेलले पनि केसीको उपचारको लागि डा. मण्डल आएको बताए ।
उनले डा. केसीको स्वास्थ्यको पारामिटर खस्कदै गएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा भेरी अस्पतालबाट डा. मण्डल आएको डा. कडेलले बताए । ’हामीले दुई दिनअगाडि नै उहाँलाई सुविधा सम्पन्न अस्पताल लानुपर्छ भनेका छौँ, स्वास्थ्य अवस्था एकदम क्रिटिकल छ’ उनले भने ’जुनसुकै बैला आसियू चाहिने अवस्था छ ।
थप उपचार गर्न अस्वीकार
अनसनरत डा. गोविन्द केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले डा. केसीको उपचारका लागि पठाएको चिकित्सबाट थप उपचार नगर्ने भन्दै उनले विरोध गरेका छन् ।
डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कँडेलका अनुसार स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डा. राजेश मण्डललाई थप उपचारका लागि भनि पठाएको भएपनि डा. केसीले उनीबाट उपचार गराउन मानेका छैनन्।