धनगढी -गेटा मेडिकल कलेज छिटो संचालन हुनुपर्ने माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । अत्तरिया मा दबाब समुह बनाएर संघर्ष गर्दै आएको समितीले शुक्रबार धनगढी आएका प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । समितिका संयोजक लोकराज पाण्डे को नेतृत्वमा आएको समुहले दुईवटा मुख्य माग सम्बोधन गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेको हो । समितिले ३०० शैयाको अस्पताल तत्काल संचालन गरिनुपर्ने र मेडिकल बिश्वबिधालय स्थापनार्थ तत्काल संसद मा बिधेयक ल्याउनु पर्ने माग गरेको छ । संघर्ष समिति को मागलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको र छिट्टै कलेज संचालन गर्ने जानकारी दिएको बुझिएको छ ।